Logo

नेपाली सेनाका दीपेन्द्र ढकाल बने अन्तर्राष्ट्रिय रेफ्री



Spread the love

२० असोज, काठमाडौँ। नेपाली सेनाका तेक्वान्दो खेल विधाका रेफ्री दीपेन्द्र ढकाल फ्रान्स र पाकिस्तानमा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको निर्णायकमा छनोट भएका छ्न्।स्थानीय लालीगुराँस तेक्वान्दो डोजाङबाट यस विधामा प्रवेश गरेका उनी नेपालको खेलकुद क्षेत्रमा स्थापित अन्तर्राष्ट्रिय रेफ्री बन्न सफल भएका हुन्।

आगामी कात्तिक १८ देखि २३ गतेसम्म इस्लामाबादमा हुने चिफ अफ आर्मी स्टाफ (सिओएएस) ओपन र कात्तिक २६ देखि २८ गतेसम्म फ्रान्समा हुने फ्रेन्च इकोपेन विश्व वरियता तेक्वान्दो खुला प्रतियोगीताका लागि उनी निर्णायकमा छनोट भएका हुन् ।

एसियन तेक्वान्दो युनियन तथा युरोपियन तेक्वान्दो युनियनबाट उक्त प्रतियोगिताका लागि निर्णायक मण्डलमा ढकालको छनोटको जानकारी प्राप्त भएको नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रका प्रमुख एवं महासेनानी शशिकिरण रायमाझीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्