Logo

प्रेमको नाटक गरेर सीमा कटाउन लागिएकी युवतीको वीरगञ्जबाट उद्धार



Spread the love

२० असोज, वीरगञ्ज। बेचबिखनको लागि भारत लैजाँदै गर्दा प्रहरीले एक युवतीलाई वीरगञ्ज नाकाबाट उद्धार गरेको छ। एक भारतीय युवाले प्रेमको नाटक गरेर भारत लैजाँदै गरेको अवस्थामा युवतीको उद्धार गरिएको हो ।

सशस्त्र प्रहरी बल र आफन्त नेपालको संयुक्त टोलीले भारत जाँदै गर्दा नुवाकोट घर भएकी २२ वर्षीय युवतीको वीरगजञ्ज नाकाबाट उद्धार गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

विभिन्न प्रलोभनमा पारेर ती युवतीलाई भारततिर लैजाँदै गरेका एक भारतीय युवा पनि पक्राउ परेका छन्। भारतका ३३ वर्षीय मुन्ना आलमलाई प्रहरीले पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्