Logo

किन भयो नागा चैतन्य र सामन्थाको सम्बन्धविच्छेद ?



Spread the love

एजेन्सी । दक्षिण भारतीय फिल्मका अभिनेता नागा चैतन्य र अभिनेत्री सामन्था रुथ प्रभुको सम्बन्धमा टुंगिनुमा नयाँ कारणहरु बाहिर आइरहेका छन् । गत सातामात्र सामाजिक सञ्जालमार्फत उनीहरुले चार वर्षको वैवाहिक सम्बन्धलाई टुंग्याउने निर्णय लिएका थिए ।

नागाको परिवारले सामन्थाले अभिनयलाई छोडेर पारिवारिक जीवन बिताउन दबाब दिइरहेका थिए । तर सामन्थाले यो कुरालाई मानेकी थिइनन् । र उनको फेसन डिजाइनर साथी प्रितम जुकालकरसँगको सम्बन्ध प्रगाढ बन्दै गइरहेको थियो । उनीहरुको सम्बन्धविच्छेद हुनुमा यसलाई प्रमुख कारण मानिएको छ ।

उनीहरुले सन् २०१७ को अक्टोबर ६ र ७ मा गोवामा विवाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्