Logo

चीनले नेपाललाई थप १० लाख खोप दिने



Spread the love

२० असोज, काठमाडौँ । चीन सरकारले नेपाललाई सिनोभ्याक खोप अनुदानमा दिने भएको छ । बुधबार चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँगको भेटमा थप १० लाख मात्रा सिनोभ्याक खोप सहयोग गर्ने बताएकी हुन् ।

साथै, चीन सरकारले कोरोना महामारीको तेस्रो लहरसँग जुध्नका लागि स्वास्थ्य पूर्वाधार निमार्णका लागि पनि ९ करोड २४ लाख रुपैयाँ समेत सहयोग गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्