Logo

नेपालमा थप ८४९ मा कोरोना संक्रमण, उपत्यकामा थपिए ४४० संक्रमित



Spread the love

२० असोज, काठमाडौँ। नेपालमा ८४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको पीसीआर परीक्षणमा थप ८४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ७ लाख ९९ हजार ६१५ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ८९१ जना संक्रमणमुक्त भएका छन् भने थप १२ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १९२ पुगेको छ ।

काठमाडौं उपत्यकामा थप चार सय ४० जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा तीन सय ४४ जना, भक्तपुरमा ३५ जना र ललितपुरमा ६१ संक्रमित थपिएका हुन्।

प्रतिक्रिया दिनुहोस्