Logo

गगन थापाद्वारा प्रथम कालभैरब खुल्ला जुनियर उसु प्रतियोगिताको उद्घाटन



Spread the love

२० असोज, काठमाडाैँ । काठमाडाैँको रंगशालास्थित कभर्डहलमा प्रथम कालभैरब खुल्ला जुनियर उसु प्रतियोगिता सुरू भएको छ । प्रमुख अतिथि रहेका नेपाली कांग्रेसका नेता गगन थापाले बुधबार प्रतियोगिताको पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका हुन् ।

प्रतियोगिता उद्घाटन गर्दै प्रमुख अतिथि थापाले खेललाई हरेक वर्ष निरन्तरता दिन सहयाेग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

प्रतियोगितामा बुधबार भएको भएकाे सान्साै तर्फकाे खेलमा क्वाटरफाइनलका १५ बाउट खेल सम्पन्न भएकाे छ भने थाउलुकाे छुचि तर्फका महिला/ पुरुष दुबैका सम्पुर्ण खेलहरु समापन भएका छन् ।

आयाेजक समितिकाका अध्यक्ष निकेश श्रेष्ठले स्वागत मन्तव्य राख्दै खेल मर्यादित र अनुशासित रुपमा सञ्चालन हुने बताए ।

यस प्रतियोगिता सञ्चालन गर्नका लागि सहयोग गर्ने अमर कुमार थिङ्ग, रबिभक्त सिलवाल, सुन्दरमान थिङ्ग, मिलन सिलवाल र राजकुमार राईलाई प्रमुख अतिथि थापाले मायाको चिनो दिएर सम्मान गरेका थिए ।

त्यस्तै, अध्यक्षद्वयले प्रमुख अतिथिलाई मायाकाे चिनाे हस्तान्तरण गरेका थिए ।

भुजेल सल्लेरी खबरका फोटो पत्रकार हुन् ।

प्रतिक्रिया दिनुहोस्