Logo

नवरात्रीको पहिलो दिन, यसरी शैलपुत्रीलाई खुसि बनाउनुहोस्



Spread the love

शैलपुत्री नवदुर्गा मध्य प्रथम देवी हुन् । देवी दुर्गाको ९ वटा रूप हुन्छन् । दुर्गाजी आफ्नो पहिलो स्वरूपमा ‘शैलपुत्री’ को नामले चिनिन्छ । पर्वतराज हिमालयको घर पुत्री रूपमा उत्पन्न भएकै कारण यीनको नाम ‘शैलपुत्री’ राखियो । नवरात्रीको नौं औं दिन भक्ति र साधना को लागि धेरै पवित्र मानिन्छ । पहिलो दिन, शैलपुत्रीको पूजा गरिन्छ। शैलेपुत्री हिमालयकी छोरी हुन्। हिमालय पर्वतको राजा हुन र ती जिद्दी थिए, कसैले उनलाई शंका गर्न सक्दैन। हामी हाम्रो लक्ष्यमा पुग्न सक्दैन भने हामी हाम्रो मन मा भक्ति को बाटो रोज्न भगवानका लागि समान विश्वास, हुनुपर्छ। त्यसैले नवरात्री को पहिलो दिन शैलेपुत्री को पूजा गरिन्छ।

आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आवाहन गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि जौ (यव) रोप्ने गरिन्छ । यसलाई जमरा राख्ने पनि भनिन्छ । जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यो रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

कुल परम्परा र स्थान विशेषअनुसार अन्य अन्न जौसँगै रोप्ने चलन पनि देशका विभिन्न भागमा छ। घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ ।

आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ।

माताको लाभका लागि उनको विशेष तरिकाले पुजा गर्नुपर्छ, आज हामी तपाईलाई यसको पुजा विधीको बारेमा जानकारी दिदैंछौं ।

पूजा विधि:
सबैंभन्दा पहिले चौकीमा माता शैलीपुत्रीको प्रतिमा वा तस्वीर स्थापित गर्नुहोस्। गंगाजल वा गाईको मूत्रबाट यो शुद्धीकरण गर्नुहोस । चौंकीमा चाँदी,तामा वा माटोको घड़ेमा पानी भर्नुहोस नरिवल संग कलश तयार गर्नुहोस । त्यसपछि व्रत, पूजन का संकल्प लिनुहोस र वैदिक एवंम सप्तशती मन्त्रद्धारा द्वारा माता शैलपुत्री सहित समस्त स्थापित देवताको षोडशोपचार पूजा गर्नुहोस । यसमा आवाहन, आसन, पाद्य, अध्र्य, आचमन, स्नान, वस्त्र, सौभाग्य सूत्र, चंदन, रोली, हल्दी, सिंदूर, दुर्वा, बिल्वपत्र, आभूषण, फुल सुगंधित द्रव्य, धूप दीप, नैवेद्य, फल, पान, दक्षिणा, आरती, प्रदक्षिणा, मंत्र पुष्पांजलि आदि अर्पित गर्नुहोस । तत्पश्चात प्रसाद वितरण गरेर पुजा सम्पन्न गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस्