Logo

क्यानको सचिवमा प्रशान्त मल्ल नियुक्त, टी-२० विश्वकप छनोटको लागि महिला टोली बन्द प्रशिक्षणमा



Spread the love

२१ असोज, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले सचिव अशोकनाथ प्याकुर्‍या​ल र उपाध्यक्ष राजुबाबु श्रेष्ठको राजीनामा स्वीकृत गरेको छ । असोज २० र २१ गते बसेको कार्य समिति बैठकले सो निर्णय गरेको हो । क्यानले प्रशान्त विक्रम मल्ललाई १० दिनको लागि कार्यकारी सचिवको रूपमा नियुक्त गरेको छ ।

त्यस्तै, क्यानले लिगका लागि भारतीय कम्पनीसँग गरेको विवादास्पद सम्झौता रद्द गर्ने भएको छ । सम्झौता कार्यान्वयनका लागि सरकारले अनुमति नदिएको र सेभन थ्री स्पोर्टसले गर्नुपर्ने सम्झौता अनुरुपका कामहरु नगरेकाले रद्द प्रक्रिया अघि बढाउने निर्णय गरेको अध्यक्ष चतुरबहादुर चन्दले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

साथै,क्यानले आइसिसी महिला टी–२० विश्वकप एसियाली छनोटको लागि नेपाली महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण बोलाएको छ । बन्द प्रशिक्षण काठमाडौंमा हुने क्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्