Logo

ओलीसँग फोरम सशंकितः मन्त्रीका लागि पार्टीभित्रै विवाद



Spread the love

फोरमसँग मन्त्रालय बाँडफाँड टुंगिनुअगावै प्रधानमन्त्री केपी ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेपछि फोरमका नेता सशंकित भएका छन् । गत बिहीबार साँझ वाम गठबन्धन र फोरमबीच भएको छलफलमा मन्त्रालयको टुंगो लाग्न सकेको थिएन । तर, भोलिपल्टै ओलीले मन्त्रिपरिषद् विस्तार गरे । 

बिहीबार साँझ वाम गठबन्धन र फोरमबीच भएको छलफलमा मन्त्रालयको टुंगो लाग्न सकेको थिएन । तर, भोलिपल्टै ओलीले मन्त्रिपरिषद् विस्तार गरेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

फोरमका एक नेताका अनुसार प्रधामन्त्री ओलीले स्थानीय विकास र सामान्य प्रशासन मन्त्रालय लिन पनि आग्रह गरेका थिए । तर, फोरमले भौतिक योजना तथा पूर्वाधार मन्त्रालयमा जोड दिएको थियो । प्रधानमन्त्री ओलीले भौतिक योजना तथा पूर्वाधार मन्त्रालय आफ्नै पार्टीका रघुवीर महासेठलाई दिइसकेका छन् ।

मन्त्रीका लागि पार्टीभित्रै विवाद
सरकारमा जाने निर्णय गरेको संघीय समाजवादी फोरम आन्तरिक विवादमा फसेको छ । सरकारमा को–को मन्त्री बन्ने भन्ने विवाद उत्कर्षमा पुगेको हो ।

मन्त्रीका लागि सुरुदेखि चर्चामा रहेका राजेन्द्र श्रेष्ठ र रेणु यादवको नाममै विवाद निम्तिएको छ । स्रोतका अनुसार श्रेष्ठ र यादव दुवैलाई मन्त्री बनाउन नहुने ‘लबिङ’ बलियो बन्दै गएको छ । यसका लागि फोरमका केही नेताले प्रत्यक्ष निर्वाचनबाट निर्वाचितलाई मात्रै मन्त्री बनाउनुपर्ने तर्क गरेका छन्।

सरकारमा सहभागी हुन फोरमलाई दुई मन्त्री र एक राज्यमन्त्री दिन वाम गठबन्धन सहमत भइसकेको छ । फोरम स्रोतका अनुसार महासचिव रामसहाय यादवसहितको टोली सहअध्यक्ष श्रेष्ठलाई मन्त्री बनाउन नहुने अडानमा छ । साथै, संविधान संशोधन नगरी सरकारमा जानै नहुने तथा गए पनि प्रत्यक्ष निर्वाचितलाई मात्रै पठाउनुपर्ने तर्क यो टोलीको छ ।

प्रतिक्रिया दिनुहोस्