Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
९०८,६६०
संक्रमित
२८,०५७,६७७
निको भएका
२०,१२३,४४९
नेपालमा कोरोना भाइरस
मृत्यु
४११
संक्रमित
६४,१२२
निको भएका
४६,२३३

एसइई परीक्षामा चिट चोर्ने चोराउनेलाई एक लाख जरिवाना



केन्द्रबाट सञ्चालन हुने यो बर्षको अन्तिम माध्यमिक शिक्षा परीक्षा (इसइई) को तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

४ लाख ८५ हजार ८ सय ८६ जना परीक्षार्थी सहभागी हअुने यो परीक्षामा नियमित र एक्जाम्टेडको छुट्टाछुट्टै प्रश्नपत्र छापिएको छ ।

प्रदेशअनुसार प्रश्नपत्र तयार हुन नसकेपछि चारवटा क्लस्टरका आधारमा प्रश्नपत्र छापिएका छन् ।

चैत ८ देखि १८ गतेसम्म सञ्चालन हुने परीक्षा बिहान ८ बजेदेखि सुरु हुने खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ । 

परीक्षामा चिट चोर्ने/चोराउनेलगायतका अमर्यादित गतिविधि भएमा एक लाख रुपैयाँ जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने बोर्डले जनाएको छ ।

गत बर्षदेखि अक्षरांक प्रणालीबाट परीक्षाफल प्रकाशित हुँदै आएको छ ।

आगामी बर्षदेखि एसइई परीक्षा ७ वटै प्रदेशबाट सञ्चालन गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस्