Logo

प्रथम कालभैरव खुला जुनियर उसु प्रतियोगिता सम्पन्न



Spread the love

२२ असोज, काठमाडाैँ । काठमाडाैँको रंगलशालास्थित कभर्ड हलमा भएको प्रथम कालभैरव खुला जुनियर उसु प्रतियोगिताको समापन भएको छ । दुई दिन भएकाे यस प्रतियोगितामा नेपाली काङ्ग्रेसका खेलकुद विभागका सदस्य सचिव तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्व काेषाध्यक्ष मिनकृष्ण महर्जनकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

करिब ४० क्लबका २०० भन्दा बढी खेलाडी सहभागी भएकाे यस प्रतियोगितामा सान्साै तर्फ २० र थाउलु तर्फ १८ स्वर्ण पदककाे छिनाेफानाे भएकाे छ ।

७ स्वर्ण २ रजत र १ कास्य पदक सहित ड्रागन उसु क्वान टिम च्याम्पियन हुन सफल भएकाे थियाे भने ५ स्वर्ण ५ रजत र १० कास्य पदक सहित काठमाडौं उसु क्वान दाेस्राे र ५ स्वर्ण ३ रजत र २ कास्य पदक सहित त्रिकोण उसु क्वान तेस्राे हुन सफल भएकाे छ ।

यस प्रतियोगितामा थाउलु तर्फ उत्कृष्ट पुरुष खेलाडीमा त्रिकोण उसु क्वानका मनिस तामाङ भए भने ड्रागन उसु क्वानका लाक्पा डाेल्मा शेर्पाले उत्कृष्ट महिला खेलाडीकाे ट्रफि हात पारिन् । त्यस्तै सान्साै तर्फ यिङयाङ उसु क्वानका रेशमा तामाङ उत्कृष्ट महिला खेलाडी भईन् भने काठमाडौं उसु क्वानका नवीन माझी उत्कृष्ट पुरुष खेलाडी भए ।

यस प्रतियोगिता सफल गर्नका लागि साथ र सहयाेग गर्ने सम्पूर्ण खेलप्रेमीहरुलाई प्रतियोगिताकाे संयाेजक अमर पुलामी मगर(सुभाष)ले धन्यवाद व्यक्त गर्दै यस प्रतियोगितालाई निरन्तरता दिने बताए । साथै यस प्रतियोगितामा सहयाेग गर्नु हुने सम्पूर्ण व्यक्तिहरुलाई कालभैरब उसु क्वानका अध्यक्ष निकेस श्रेष्ठले मायाकाे चिनाे हस्तान्तरण गरेका थिए ।

सोही कार्यक्रममा १३अाैँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सहभागी खेलाडीहरुलाई प्रमुख अतिथिद्वारा सम्मान समेत गरिएको थियो । उक्त कार्यक्रमका विशिष्ट अतिथि राजिव महर्जनले यस प्रतियोगिताले नयाँ खेलाडीहरलाई उसु खेलप्रति थप उर्जा थपिएको र लामाे समय उसु खेलकाे कुनै पनि प्रतियोगिता नभएकाे अवस्थामा एउटा क्वानले यस प्रकारको प्रतियोगिता गराएर उसु खेलकाे विकास ठुलाे टेवा पुर्‍याएकाे बताउँदै आयाेजक टिमलाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्