Logo

दशैँको दोस्रो दिन – फेरी बढ्यो सुनको मूल्य



Spread the love

२२ असोज, काठमाडौँ। साताको अन्तिम दिन आज फेरी सुनको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य प्रतितोलामा २०० रुपैयाँले बढेर ९० हजार ६०० मा कारोबार भइरहेको नेपाल सुनचादीँ महासंघले जानकारी दिएको छ ।

हिजो विहिबार प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्