Logo

सुजाता कोइरालाले छाडिन् पौडेल र कोइरालाको साथ



Spread the love

२२ असोज, काठमाडौँ। नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाको साथ छाडेकी छन्। मन्त्री बन्ने चर्चामा रहेकी कोइरालाले मन्त्री पद नपाउनासाथ पौडेल र महामन्त्री कोइरालाको साथ छाडेकी घोषणा गरेकी हुन्।

आफूलाई मन्त्रिपरिषद्‍मा सहभागी नगराउने कुरा ३ महिना पहिले नै थाहा भएको भन्दै सुजाताले कांग्रेसभित्र धोकाको राजनीति गर्नेले पार्टी चलाउन नसक्ने बताइन् ।

कोइरालाले परराष्ट्र मन्त्री बन्नका लागि लबिङ गरिरहेकी थिइन्। यद्यपि, पौडेल पक्षबाट मन्त्री बन्ने कोटामा देउवाले कटौती गरेका थिए। अब कसलाई साथ दिने उनले पार्टीभित्र सबैसँग छलफल गरेर निर्णय लिने बताए ।

प्रतिक्रिया दिनुहोस्