Logo

नोबेल शान्ति पुरस्कार पत्रकार मारिया र दिमित्रीलाई



Spread the love

एजेन्सी । यस वर्षको नोबेल शान्ति पुरस्कार पत्रकार मारिया रेसा र दिमित्री मुरातोभलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । फिलिपिन्स र रुसमा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि ‘साहसी लडाइँ’ गरेका भन्दै यी दुई पत्रकारलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको हो ।

पत्रकार मारियालाई फिलिपिन्समा सत्ताको शक्तिको गलत प्रयोग, हिंसा र तानाशाहीको बढ्दो खतराको खुलासाका लागि पहिले पनि सम्मानित गरिसकिएको छ । त्यस्तै मुरातोभले दशकौँदेखि रुसमा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै आएका नोबेल कमिटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्