Logo

मन्त्रीको निर्देशनपछि सरकारी गाडी ठाउँको ठाउँ कब्जामा



Spread the love

ट्राफिक प्रहरीले शनिबार काठमडौंका विभिन्न सडकबाट ५१ वटा सरकारी सवारी साधन नियन्त्रणमा लिएको छ ।

सार्वजनिक बिदाका दिन पनि दुरुपयोग गरी चलाइएका सरकारी सवारी साधन नियन्त्रणमा लिइएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

गृहमन्त्री रामबहादुर थापाले सरकारी सवारी साधन दुरुपयोग गरेको भेटिए ठाउँको ठाउँ कब्जामा लिन शुक्रबार ट्राफिक प्रहरीलाई निर्देशन दिएपछि शनिबारबाटै कारबाही अघि बढेको हो ।

शनिबार २० चारपाङ्ग्रे गाडी र ३१ वटा मोटरसाइकल नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्