Logo

२ छोराको हत्या गरेर आमाले पनि गरिन् आत्महत्या



Spread the love

२३ असोज, धनुषा । २ छोराको हत्या गरेर आमाले पनि आत्महत्या गरेकी छिन् । धनुषाको नगराईन नगरपालिका–४ स्थित लगमा बस्ने गुरुदेव साहकी पत्नी गुडियादेवी साहले दुई छोराको हत्यापछि आत्महत्या गरेकी हुन् ।

प्रहरीले दिएको जानकारी अनुसार उनले ५ वर्षीय अभिषेक र ३ वर्षीय आदित्यको घाँटी कसेर हत्या गरेपछि पासो लगाएर आत्महत्या गरेकी हुन् ।

उनका पति गुरुदेव साह बिहानै मजदुरी गर्नका घरबाट निस्किएका थिए । सोही समयमा उनले दुई छोराको हत्या र आफुले आत्महत्या गरेको पाइएको छ ।

प्रहरीले यस घटनाको बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्