Logo

सत्यवतीको लिम्घा बन्यो क्षेत्र नम्बर १ को पहिलो पूर्ण संस्थागत प्रसुति वडा



Spread the love

२३ असोज, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ४ लिम्घालाई पूर्ण संस्थागत प्रसुति (शुन्य होमडेलीभरी ) वडा घोषणा गरिएको छ । शुक्रबार गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले एक समारोहका बिच वडालाई पुर्ण संस्थागत प्रसुति (शुन्य होमडेलीभरी) वडा घोषणा गरेका हुन् ।

यस वडा गुल्मी क्षेत्र नम्बर एककै पहिलो शुन्य होमडेलीभरी वडा घोषणा भएको छ । यस क्षेत्रमा ५० वटा वडा रहेका छन् । विगत दुई वर्षदेखि यस वडाका कुनै पनि गर्भवती महिला घरमा सुत्केरी नभएको स्वास्थ्य चौकीका इन्चार्ज राम बहादुर सुर्यवंशीले बताए ।

आर्थिक वर्ष २०७६-७७ मा यस वडाका सबै ३५ जना गर्भवती महिला स्वास्थ्य संस्थामै सुत्केरी भएको लिम्घा स्वास्थ्य चौकीले उल्लेख गरेको छ ।जहाँ लिम्घा स्वास्थ्य चौकीमा १७ जना, जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा २, मिसन अस्पताल पाल्पामा ३ जना ,लुम्बिनी मेडिकल कलेज प्रभासमा ९ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा २, पाल्धारा स्वास्थ चौकी नवलपरासीमा २ महिला प्रसुति भएका थिए ।

त्यस्तै आर्थिक २०७७-७८ मा लिम्घा स्वास्थ्य चौकीमा १०, जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ११, मिसन अस्पताल पाल्पाना ७,
लुम्बिनी मेडिकल कलेज प्रभासमा ३, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ९, आम्दा अस्पताल बुटवलमा १ गरी ४१ जना गर्भवती महिला स्वास्थ्य संस्थामै प्रसुती भएको लिम्घा स्वास्थ्य चौकीले जनाएको छ ।

शुक्रबार भएको कार्यक्रम बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले स्वास्थ्य चौकीले उदाहरणीय कार्य गरेको बताउँदै धन्यवाद व्यक्त गरेका थिए । त्यस्तै, उपाध्यक्ष सुबर्ण शेरचन, जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका कार्यालय प्रमुख पशुपति आचार्यले शुभकामना मन्तव्य राख्दै यसको निरन्तरताको लागि जोड दिएका थिए ।


कार्यक्रमका विशेष अतिथि तथा स्वास्थ्यकर्मी होम पल्लीले वडाले गरेको कार्य निकै उत्कृष्ट रहेको बताउँदै आफुले गर्भ जाचको सुविधा निःशुल्क गरिदिने र गाउँपालिकाले अरु व्यवस्था गरे भिडियो एक्सरेका लागि मेशिन र चिकित्सक निःशुल्क दिने अरु व्यवस्था गरिदिने घोषणा गरेका छन् ।

कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य संयोजक सुर्य रानाको स्वागत मनव्य , वडा अध्यक्ष दान बहादुर रानाको अध्यक्षाता र सञ्चालन स्वास्थ्यकर्मी हरी भण्डारीले गरेका थिए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्