Logo

तीन दिनमै दिए नवनियुक्त उद्योगमन्त्री गजेन्द्र हमालले राजिनामा



Spread the love

२४ असोज, काठमाडौँ । नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले प्रधानमन्त्री शेरबहादुर देउवासामु राजीनामा बुझाएका छन् । आज बिहान बालुवाटार पुगेर हमालले देउवालाई राजीनामापत्र बुझाएका हुन्।

हमालले राजीनामा दिएसँगै देउवाले राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि २२ असोजमा मन्त्री नियुक्त भएका हमालले राजीनामा दिएका हुन् ।

मन्त्री पदमा आफ्नो नियुक्तिलाई लिएर आमरुपमा प्रश्न उठेपछि नैतिकताको हिसाबले पनि पदमा बस्न उचित नहुने निष्कर्षमा पुगेकाले राजीनामा बुझाएको मन्त्री हमालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्