Logo

थुनुवाको मृत्यु प्रकरण – झडप हुदाँ इनरुवा तनावग्रस्त, प्रहरीसहित एक दर्जन बढी घाइते



Spread the love
तस्बिर- निरज मेहता

२४ असोज, काठमाडौँ । प्रहरी हिरासतभित्रै थुनुवाको मृत्यु भएपछि बिहानैदेखि इनरुवा तनावग्रस्त बनेको छ । मोहम्मत हाकिम मियाँको आइतबार बिहान जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा झुण्डिएर मृत्यु भएपछि मृतकका आफन्तले कार्यालय अगाडि नारा लगाउँदै आन्दोलित भएका हुन् ।

अभद्र व्यवहार मुद्दामा पक्राउ परेका मोहम्मद १२ दिनदेखि थुनामा अनुसन्धानको क्रममा थिए । उनले आत्महत्या गरेको प्रहरीको भनाइ छ ।

पीडितका आफन्त सहितको भीड र प्रहरीबीच दोहोरो झडप भएको हो । झडपमा प्रहरी सहित एक दर्जन बढी घाइते भएका छन् । झडपका क्रममा प्रहरी कार्यालय र परिसरका संरचनामा समेत क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्