Logo

संविधान बोकेर सगरमाथा पुगेका अनिष ऋण तिर्न नसकेर बोक्दैछन् स्काउटको लोगो



Spread the love

चन्द्रगढी ३ का २४ बर्षीय अनिष लुइँटेलले यसअघि नेपालको सविधान बोकेर सगरमाथा आरोहण गरेका थिए ।

तर, त्यसबेला लागेको ऋण तिर्न नसकेर फेरि सगरमाथा आरोहण गर्न लागेको उनले बताएको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ । 

ऋण तिर्ने रकम संकलन होला कि भनेर २४ औं वल्र्ड रेकर्ड स्काउट जेम्बोरीको लोगो बोकेर यही महिना सगरमाथा आरोहण गर्न लागेको उनको भनाइ छ ।

२०७३ जेठ ८ गते सगरमाथा आरोहण गर्दा लागेको ऋण २० लाख रुपैयाँ उनले चुक्ता गर्न सकेका छैनन् ।

स्काउटको लोगो सगरमाथामा पुर्याएपछि अमेरिकामा हुने २४ औं वल्र्ड स्काउट जेम्बोरीमा आफूलाई सम्मान गर्दै केही रकम दिइने र त्यसले ऋण तिर्ने योजना बनाएको उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस्