Logo

उघोगमन्त्री गजेन्द्र हमालले राजिनामा दिदाँ भाई सुरेन्द्रले लिदैँ बनमन्त्रीको सपथ



Spread the love

२४ असोज, काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा गई नव नियुक्त उघोग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले पदबाट राजिनामा दिएका छन्। उनले राजिनामा दिएपछी आफूले नैतिकताको आधारमा राजिनामा दिएको कुरा बताएका छन्।

उनी शुक्रबार मन्त्री नियुक्त भएका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’बाट हमाललाई देउवाले मन्त्री बनाएको भन्दै चौतर्फी आलोचना भइरहेको थियो । देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान हुन् ।

मन्त्री पदमा आफ्नो नियुक्तिलाई लिएर आमरुपमा प्रश्न उठेपछि नैतिकताको हिसाबले पनि पदमा बस्न उचित नहुने निष्कर्षमा पुगेकाले राजीनामा बुझाएको मन्त्री हमालले बताएका छन् ।

यस्तै, निवर्तमान मन्त्री हमालले राजिनामा दिएकै दिन उनका भाई सुरेन्द्र हमालले भने लुम्बिनी प्रदेशको बन मन्त्री पदको सपथग्रहण गर्दैछन् । गत वर्ष प्रदेशको नामाकरण गर्दा उनि मतदानका बेला अनुपस्थित भएपछी उनलाई कारबाही गरी पदबाट हटाईएको थियो।

प्रतिक्रिया दिनुहोस्