Logo

मोतीपुर औधोगिक क्षेत्र तनावग्रस्त – प्रहरीले चलाएको गोली लागेर दुईजना घाइते



Spread the love

२४ असोज, काठमाडौँ। रुपन्देहीको मोतीपुर औधोगिक क्षेत्रमा झडप हुँदा सुरक्षाकर्मीसहित ६ जना घाइते भएका छन् । निर्माणाधीन औधोगिक क्षेत्रमा घरटहरा बनाई बस्नेहरुलाई हटाउने क्रममा सुरक्षाकर्मीसँग झडप हुँदा गोली चलेको हो । सशस्त्र प्रहरीले चलाएको गोली लागेर दुईजना घाइते भएका छन् ।

आइतबार बिहानैदेखि जिल्ला प्रशासनले औधोगिक क्षेत्रमा ठूलो संख्यामा प्रहरी खटाएको थियो । बुटवल औद्योगिक क्षेत्रमा जग्गा कब्जा गरेर बस्नेहरुलाई हटाउन खोजेपछि झडप भएको थियो । १ सय बिगाहा जग्गा सुकुम्वासीको नाममा कब्जा गरेपछि सो क्षेत्रमा सशस्त्र प्रहरीलाई स्थायी रुपमा राख्ने तयारी भइरहेको थियो ।

रुपन्देहीको बुटवल र आसपासका स्थानीय तह जोडेर २०७२ सालमा सरकारले औधोगिक क्षेत्र घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्