Logo

स्पेनलाई हराउँदै फ्रान्सले जित्यो नेशन्स लिगको उपाधि



Spread the love

एजेन्सी । युईएफए नेशन्स लिग अन्तर्गत स्पेनलाई हराउँदै फ्रान्सले उपाधि कब्जा गरेको छ । गएराति भएको फाईनल खेलमा स्पेनलाई २–१ ले हराउँदै फ्रान्सले उपाधि जितेको हो ।

मिलानको सान सिरो रंगशालामा स्पेनका मिकेल ओयरजबालले गोल गर्दै टोलीलाई अग्रता दिए । तर फ्रान्सका करिम बेन्जमा र किलियन एम्बाप्पेले एक एक गोल गर्दै टोलीको जित पक्का गरे । जितसँगै फ्रान्सको यो पुस्ताले विश्वकपको उपाधिमा अर्को एउटा उपाधि पनि थपेको छ ।

गएराति नै भएको खेलमा बेल्जियमलाई २-१ गोलअन्तरले पराजित गरी इटली नेशन्स लिगमा तेस्रो भएको छ ।

प्रतिक्रिया दिनुहोस्