Logo

चाडपर्वमा आफ्ना बच्चालाई सिकाउनुहोस् यस्ता घत लाग्दा कुरा !



Spread the love

नेपालीहरुको महान पर्व दशैँ तिहार र छठ पर्व घरघर आइसकेको छ । चाडपर्व नजिकिएसँगै केटाकेटीहरू खेल्ने तथा रमाइलो गरेर नै बिताउन चाहन्छन् । तर, उनीहरूलाई यो समयको सही सदुपयोग गरेर खेलसँगै क्षमता वृद्धि गराउने कलाहरू सिकाउन अति आवश्यक हुन्छ ।

पछिल्लो समय बिदाको बेलामा केटाकेटीहरु मोबाइल, टेलिभिजन, ल्यापटप, कम्प्युटरमा रमाउने गरेका छन् । उनीहरु खाली समयमा बाहिर खेल्न जाने भन्दा पनि आफ्नै घरमा नै बस्ने गरेको पाइन्छ । त्यसैले, अभिभावहरुले बालबच्चाको खाली समयलाई यसरी रमाइलो बनाईदिन सक्नुहुन्छ।
-नयाँ कुराहरु सिकाउने
छुट्टीमा बच्चाहरूलाई घरमा चित्र बनाउन, अक्षर सुधार्न, नयाँ–नयाँ कथाको किताब पढ्ने बानी बसाल्नुपर्छ ।
-घरको काम सिकाउने
दशैँका बेला घर, कोठा र वरपर सरसफाइ गरिन्छ । यस्तो कार्यमा उनीहरूलाई पनि सक्रिय सहभागिता गराउन सकिन्छ ।
-दशैँको डायरी बनाउने
बच्चाहरुलाई आफूसँग डायरी राख्न प्रोत्साहन गर्नुपर्छ । यसले बच्चाहरुलाई लेख्ने बानीको विकास गराउँछ ।
-विद्यालयको किताब पढाउने
लामो बिदा हुने भएकाले उनीहरु खासै पढ्न मन गर्दैनन् जसले गर्दा अध्ययनमा पछि नराम्रो असर पर्छ । त्यसैले उनीहरुलाई बिदाको समयमा पनि केही समय पढ्न लगाउनु पर्छ ।
– घरमा नै खेल खेलाउने
अभिभावक तथा बच्चाहरू घरैमा हुने कारण सँगै बस्ने समय पर्याप्त हुन्छ । त्यसलाई सदुपयोग गर्दै उनीहरूसँग खेल्ने तथा रमाइलो गर्ने गर्दा बच्चाहरू खुलेर अभिभावकसँग मनको कुरा व्यक्त गर्ने हुन्छन् ।
-किनमेल गर्ने लैजाने
किनमेलमा जाँदा बच्चालाई आफुसँगै लैजादा घुम्न गएको जस्तो पनि हुन्छ आर्को उनीहरूमा पैसाको महत्वका साथै आफूलाई आवश्यक सामान मात्र किनमेल गर्ने भन्ने सिकाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्