Logo

सरकारविरुद्द एमालेको आक्रोश – गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन



Spread the love

२५ असोज, काठमाडौँ । प्रतिपक्षी नेकपा (एमाले)ले प्रतिनिधिसभामा सरकारको विरोध गरेको छ । रुपन्देहीको मोतिपुरमा सुकुम्बासीको हत्या गरेको भन्दै एमालेले प्रतिनिधि सभामा नयाँ नारा लगाएको हो।

एमालेले आजको बैठकमा कालो धन हामीलाई चाहिँदैन, देश लुट्न पाइँदैनु भन्ने नारासँगै गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैनु भन्दै नारा लगाएको हो।

मोतीपुरमा सुकुम्बासीमाथि प्रहरीले गोली चलाउँदा आइतबार ४ जनाले ज्यान गुमाएका थिए।

प्रतिनिधि सभाको बैठक आगामी कात्तिक ९ गतेसम्मका लागि स्थगित भएको छ। सोमबारको बैठकको अन्तिममा सभामुख अग्निप्रसाद सापकोटाले दशैं लगायतका चाडपर्वको शुभकामना दिँदै बैठक स्थगित गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्