Logo

नेपालमा थपिए ७८५ कोरोना संक्रमित, १२ जनाको मृत्यु



Spread the love

२५ असोज, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार १९५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६६३ तथा एन्टिजेन विधिबाट १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थप ८ सय ८८ जना निको भएका छन् भने १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्