Logo

कांग्रेस-माओवादीको सरकारले सुकुम्वासीलाई ताकिताकि कालपुर्जा दियो : गोकुल बास्कोटा



Spread the love

२६ असोज, काठमाडाैँ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले माओवादी र कांग्रेसले खोजीखोजी सुकुम्बासीको हत्या गरेको आरोप लगाएका छन् ।

सोमबार उनले ट्वीटर लेख्दै एमालेको सरकारले खोजीखोजी लालपूर्जा दिएको तर कांग्रेस माओवादीको सरकारले ताकिताकि कालपुर्जा दिएको आरोप लगाएका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘एमाले सरकारमा हुंदा भुमीहीन सुकुम्वासीलाई खोजीखोजी लालपुर्जा कांग्रेस माओवादी सरकारमा हुनासाथ ताकीताकी कालपुर्जा दिने रहेछ।धन्य परमादेशी अग्रगमन!’

आइतबार रूपन्देहीको मोतिपुरमा प्रहरीसँगको झडप हुँदा सरकारी जग्गा कब्जा गर्न खोज्ने समूहका ४ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्