Logo

नेपाली ब्रान्डको गोल्डस्टार जुत्ता अमेरिकी बजारमा



Spread the love

२६ असोज, काठमाडौं । अब नेपाली ब्रान्ड गोल्डस्टारको जुत्ता अमेरिकी बजारमा पनि पाइने भएको छ । गोल्डस्टार जुत्ताको निर्माता तथा उत्पादक–वितरक कम्पनि किरण सुज म्यानुफ्याक्चरर्सले सोमबार विशेष कार्यक्रमको आयोजना गरी अमरिकाको न्यूयोर्कमा गोल्डस्टारको बिक्री वितरण उद्घाटन गरेको हो ।

कार्यक्रममा कम्पनीका अध्यक्ष आमिर प्रताप ज.ब.राणाले गोल्डस्टार जुत्ता संयुक्त राज्यभरका निर्दिष्ट स्थानहरूबाट उपलब्ध हुने घोषणा गरेका छन् ।

नेपाली नागरिकले धेरै टिकाउ, किफायती, सहज र आकर्षक जुत्ताका रूपमालिने गरेको गोल्डस्टार अमेरिकी बजारमा समेत ल्याउन पाउँदा खुसी लागेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्