Logo

अध्यक्ष नेपाल र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट



Spread the love

२७ असोज, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि फ्रान्सेली राजदूत गिलिस बोरबावबीच मंगलबार साँझ भेटवार्ता भएको छ ।

कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । उक्त भेटमा दसैँको शुभकामना आदानप्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्