Logo

साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतको भेट पक्का



Spread the love

२८ असोज, काठमाडाैँ । नेपालले साफ च्याम्पियनसिपको उपाधिका लागि फाइनलमा चीरप्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । गएराती भएको खेलमा भारतले माल्दिभसमाथि जित निकालेसँगै उपाधिको छिनोफानो नेपाल र भारतबीचको खेलबाट हुने भएको हो ।

बुधबार नै भएको खेलमा नेपालले बंगलादेशसँग बराबरी खेल्दै साफ इतिहासमा पहिलो पटक फाइनलमा स्थान बनाएको थियो ।

राउण्ड रोबिन लिगअन्तर्गतको आजको खेलमा १० खेलाडीमा सीमित रहेको बङ्गलादेशसँग नेपालले १–१ गोलको बराबरी खेल खेलेको हो । मालेस्थित राष्ट्रिय रङ्गशालामा भएको खेलमा खेलको नवौँ मिनेटमा बङ्गलादेशका सुमन रिजाले गोल गरेर आफ्नो देशलाई अग्रता दिलाएका थिए । नेपालका लागि अञ्जन विष्टले दोस्रो हाफको ८८ औँ मिनेटमा पेनाल्टीमार्फत गोल फर्काएका थिए ।

त्यस्तै, भारतले माल्दिभ्समाथि ३–० गोल अन्तरको जीत निकालेर फाइनलमा स्थान पक्का गरेको हो । भारतका लागि मान्विर सिंहले १ र सुनिल क्षत्रीले २ गोल गरेका थिए । माल्दिभ्सका लागि अलि अस्फाकले एक गोल फर्काए ।

खेलको अन्तिम समयमा शुभासिष बोस रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

फाइनल खेल आगामी शनिबार राति हुनेछ ।

प्रतिक्रिया दिनुहोस्