Logo

चेन्नई सुपर किंग्सले जित्यो आईपीएल



Spread the love

३० असोज, एजेन्सी । २०२१ को आईपीएलको उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराती भएको खेलमा कोलकाता नाइट राइडर्सलाई हराउँदै चेन्नईले उपाधिमा कब्जा जमाएको हो ।

चेन्नईले दिएको १९३ रनको लक्ष्य पछ्याएको कोलकत्ताले ९ विकेट गुमाउँदै १६५ रन मात्रै बनाउन सक्यो ।

यसअघि सन् २०१०, २०११ र २०१८ मा आईपीएल जितेको चेन्नईले २०२१ गरी महेन्द्र सिंह धोनीको कप्तानीमा चाैथो उपाधि जितेको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको चेन्नईले उत्कृष्ट सुरुवात गरेको थियो । पहिलो विकेटका लागि ऋतुराज गायकवाड । फाफ डुप्लेसिसले ६१ रन जोडे ।

त्यसैगरी, कोलकत्ताका लागि ओपनरद्वय शुभमन गील र वेंकटेश अय्यर दुवैले अर्धशतकीय पारी खेले । गीलले ५१ र अय्यरले ५० रन बनाए । तर ११ औँ ओभरमा अय्यर आउट भएपछि कोलकाताको पतन शुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्