Logo

साफको फाइनल खेलमा नेपालका प्रशिक्षक अल्मुताइरीलाई प्रतिबन्ध



Spread the love

३० असोज, काठमाडाैँ । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई साफ च्याम्पियनसिपको फाइनल खेलमा प्रतिबन्ध लगाइएको छ ।

शनिबार हुने नेपाल र भारतबीचको खेलका दाैरान अल्मुताइरीले टचलाइनमा जान नपाउने भएका हुन् । उनले २ फरक खेलमा पहेँलो कार्ड खाएका कारण साफले प्रतिबन्ध लगाएको हो ।

अल्मुताइरीले समूह चरण अन्तर्गतका २ खेलमा पहेँलो कार्ड व्यहोरेका थिए ।

त्यसैगरी, नेपालका फरवार्ड अन्जन विष्टले पनि २ खेलमा पहेँलो कार्ड सामना गरेका कारण आजको फाइनल खेल गुमाउने पक्का भइसकेको छ ।

भारतका प्रशिक्षक इगोर स्टिमाचले पनि माल्दिभ्सविरूद्धको खेलमा रातो कार्ड खाएका कारण आजको फाइनल खेलमा प्रतिबन्धित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्