Logo

एकै ठाउँ केन्द्रबिन्दु भएर १० मिनेटको अन्तरमा गए २ वटा भूकम्प, केन्द्रबिन्दु कहाँ ?



Spread the love

१ कार्तिक, काठमाडाैँ । सोमबार नेपालमा २ वटा भूकम्प गएका छन् । सोमबार दिउसो करीब १० मिनेटको अन्तरमा सिन्धुपाल्चोक केन्द्र भएर २ भूकम्प गएका हुन् ।

सोमबार दिउसो १ बजेर ५६ मिनेट जाँदा सिन्धुपाल्चोकको पाङफुङ केन्द्र भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसको १० मिनेट पछि सोही स्थानमा ४.७ रेक्टरकै भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

यसअघि आइतबार पनि गोरखा केन्द्र भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्