Logo

ओली सरले चाकर ठान्नेहरुमात्रै उहाँसंग बसेका छन् : मन्त्री झाँक्री



Spread the love

१ कार्तिक, गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)की सचिव तथा शहरी विकासमन्त्री राम कुमारी झाँक्रीले नेकपा एमालेमा केपी ओलीले चाकर ठान्नेहरूमात्रै बसेको आरोप लगाएकी छन् ।

सोमबार एकीकृत समाजवादी गुल्मीले आयोजना गरेको जिल्ला भेलामा बोल्दै उनले ओली सरले चाकर ठान्नेहरु मात्रै ओलीसँग बसेको र आफुहरुलाई उनले दुस्मन ठानेका कारण बिद्रोह गरि निस्केको बताएकी छन् । ओलीको नजरमा दुनियाँमा चाकर र दुस्मन मात्र रहेको उनको जिकिर थियो ।


नेपाल सरकारकी शहरी विकास मन्त्री समेत रहकी नेतृ झाँक्रीले एमालेमा दश भाई भनेर चिनिने तेस्रो धारका नेताहरु दासी भएको आरोप लगाएकी छन् । बनिबनाउ घरको बहानामा दास बन्न खोजेको उल्लेख गरीन् ।

मन्त्री झाँक्रीले उनिहरुलाई लक्षित गर्दै अहिले नपाए न गुमाए भन्ने अवस्थामा पुगेको स्मरण गराउँदै मंसिरमा पाएको र गुमाएको कुरा प्रष्ट हुने ठोकुवा समेत गरिन् ।

फरक प्रसंगमा उनले लामो समय नेपाली राजनीतिमा सक्रिय रहेपनि गुल्मीलाई आफ्नो भुगोल बनाउन नपाएको गुनासो गर्दै आगामी निर्वाचनमा गुल्मीबाटै चुनाव लडने बताएकी छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्