Logo

एएफसी एसियन कप छनोट खेल्न ताजिकिस्तान उड्यो नेपाली यू-२३ टोली



Spread the love

२ कात्तिक, काठमाडौं । एएफसी यू-२३ एसियन कप छनोटका खेल्न नेपाली यू-२३ टोली ताजिकिस्तान प्रस्थान गरेको छ । मंगलबार बिहान नेपाली टोली ताजिकिस्तान प्रस्थान गरेको हो ।

समूह “बी”मा नेपालसँगै ताजिकिस्तान, लेबनान र इरान छन् । नेपालले छनोट अन्तर्गत पहिलो खेलमा २५ अक्टोबरमा इरानको सामाना गर्नैछ ।

नेपाली टोलिको डिफेन्ड सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, रन्दिप पौडेल, अनिल महर्जन र अविशेक लिम्बुले समाल्ने छन् भने अर्पण कार्की, विशाल सुनार रविशेक बरालले गोलकिपिङ गर्नैछन्। मिडफिल्डरमा नितिन थापा, सुरज ज्यु ठकुरी, आयुस घलान, सेसेहाङ आङ्देम्बे, राजिब लोप्चन, शिशिर लेखी, आकाश बुढामगर, रोशन पहाडी, एरिक विष्ट रहँदा फरवार्डमा ऋतिक खड्का, मनिष डाँगी, अविशेक रिजाल, दर्शन गुरुङ रहेका छन्।

प्रतिक्रिया दिनुहोस्