Logo

महाकालीमा पानीको सतहले खतराको विन्दु पार गर्यो, बाढीको बीचमा फसे पाँच जना



Spread the love
फाइल तस्बिर

२ कात्तिक, कञ्चनपुर। अविरल वर्षाका कारण महाकाली नदीमा पानीको सतह खतराको विन्दुभन्दा माथि उक्लिएको छ । आइतबारदेखिको वर्षाका कारण महाकाली नदीमा पानीको सतह पाँच लाख क्युसेकभन्दा माथि पुगेको हो।

त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मा महाकाली नदीमा आएको बाढीका कारण बीचमा पाँच जना फसेका छन्। महाकाली नदीमा पानीको बहाब बढेपछि नदी किनारमा कुखुरा पालन गरिरहेका मसेट्टीका पाँच जना अलपत्र परेका हुन्।

उनीहरुको उद्धारका लागि बीओपी खल्ला र ब्रह्मदेव प्रहरी चौकीबाट सुरक्षाकर्मीको उद्धार टोली गएको छ।

प्रतिक्रिया दिनुहोस्