Logo

मोहन वैद्यलाई भेट्न नर्भिक अस्पताल पुगे गृहमन्त्री खाण



Spread the love
तस्बिर – गृहमन्त्री सचिवालय

२ कात्तिक, काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ को स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री बालकृष्ण खाण नर्भिक अस्पतालमा पुगेका छन् । मंगलबार थापाथलीस्थित नर्भिक अस्पताल गएर खाणले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

अस्पतालमा वैद्यलाई भेटेर उनले सरकारको तर्फबाट स्वास्थ्यलाभको कामना गरेका छन् । उनलाई दमलगायत समस्या देखिएको छ। वैद्यको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्