Logo

टी–ट्वान्टी विश्वकप – स्कटल्यान्डले पीएनजीसँग भिड्दा ओमानले बंगलादेशको सामाना गर्दै



Spread the love

एजेन्सी। आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटअन्तर्गत पहिलो चरणको खेलमा आज दुई खेल हुँदैछ । ओमानस्थित अल इमिरेट क्रिकेट मैदानमा हुने पहिलो खेलमा स्कटल्यान्डले नेपाली समयअनुसार दिउँसो ३ः४५ बाट पपुवा न्युगिनीको सामाना गर्दैछ।

समूह ‘बी’मा रहेको स्कटल्यान्ड आजको खेलमा जित निकाल्दै सुपर–१२ मा प्रवेशका लागि आफूलाई बलियो बनाउने योजनामा हुनेछ । पीएनजी आजको खेलमा जित निकाल्दै सुपर–१२ मा प्रवेशमा आफ्नो सम्भावना कामय राख्ने योजनामा हुनेछ ।

आज नै हुने अर्को खेलमा घरेलु टोली ओमान र बंगलादेशले प्रतिस्पर्धा गर्दैछ । अल इमिरेट क्रिकेट मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बाट सुरु हुनेछ ।

बंगलादेश आजको खेलमा जित निकाल्दै अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्ने योजनामा छ ।

प्रतिक्रिया दिनुहोस्