Logo

माओवादी केन्द्रले गठन गर्यो १४९ सल्लाहकार समिति, केन्द्रीय सदस्य हुन १० वर्ष कुर्नुपर्ने



Spread the love

२ कात्तिक, काठमाडौँ। माओवादी केन्द्रले १४९ जनाको केन्द्रीय सल्लाहकार समिति गठन गरेको छ। माओवादी केन्द्रको आज बसेको केन्द्रीय समिति बैठकले १४९ सदस्य केन्द्रीय सल्लाहकार समिति र ९९ सदस्यीय ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गर्ने निर्णय गरेको हो।

निर्वाचन आयोग विष्णुपुकार श्रेष्ठको अध्यक्षतामा, लेखा आयोग पेशलकुमार पोखरेलको अध्यक्षतामा र अनुशासन आयोग टंक राईको अध्यक्षतामा बनाइएको छ।

यस्तै, नेकपा एमालेले महाधिवेशन प्रतिनिधि बन्न १० वर्षे मापदण्ड तोकेको छ । गत भदौ १५ देखि १७ सम्म सम्पन्न विधान महाधिवेशनले विधान संशोधन गर्दै भर्खर सार्वजनिक गरेको नयाँ विधानमा एमाले महाधिवेशनमा प्रतिनिधि बन्न कम्तीमा १० वर्ष पार्टी सदस्य भएको योग्यता भएको हुनुपर्ने व्यवस्था गरेको हो ।

प्रतिक्रिया दिनुहोस्