Logo

सुदूरपश्चिम बाढीपहिरो अपडेट – तीन जनाले गुमाए ज्यान, दुई घाइते



Spread the love

२ कात्तिक, कैलाली। पछिल्लो २४ घण्टादेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परेर तीन जनाले ज्यान गुमाएका छन्। डोटीमा दुई जना र डडेल्धुरामा एक जनाको मृत्यु भएको हो।

बाढी पहिरोको कारण म्याग्दी, कैलाली, डोटी, अछाम, बझाङ लगायतका स्थानमा सडक अवरुद्ध भएको छ। डडेल्धुरामा दुई जना घाइते भएका छन्। कैलालीमा बेपत्ता भएका १ जनाको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

भारी वर्षातका कारण सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा आएको बाढी र पहिरोमा परेकाहरूको उद्धार नेपाली सेनाको हेलिकोप्टरबाट गरिँदै छ।

प्रतिक्रिया दिनुहोस्