Logo

सेती नदीको बीचमा फसेकाको उद्दारमा ढिलाई, जान सकेन हेलिकप्टर



Spread the love
फाइल तस्बिर

२ कात्तिक, बैतडी। बैतडीको सिगास गाउँपालिकाका ५० जनाभन्दा धेरै सेती नदीको बीचमा फसेका छन् । सोमवार रातिदेखि सिगास गाउँपालिकाको वडा नम्बर ५ ढुंगाडमा झन्डै ५० जना हिजो फसेका गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए ।

फसेका नागरिकको उद्धारका लागि आफूले बिहानै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरे पनि उद्धार हुन नसकेको जनाइएको छ ।

लगातारको भारी वर्षाका कारण हेलिकप्टर पनि प्रभावित क्षेत्रमा जान सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्