Logo

काठमाडौँ उपत्यकामा बढ्यो सार्वजनिक सवारीको भाडा, सामानको पनि भाडा तिर्नुपर्ने



Spread the love
फाइल तस्बिर

२ कात्तिक, काठमाडौँ । काठमाडौं उपत्यकामा सार्वजनिक सवारीको भाडा वृद्धि गरिएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले असोज २० गते गरेको निर्णयअनुसार उपत्यकाका सार्वजनिक यातायातले भाडा बढाएका हुन् ।

काठमाडौंबाहेक अन्य जिल्लामा २३ प्रतिशत भाडा बृद्धि भएको छ भने काठमाडौं उपत्यकाको हकमा यात्रुले पार गर्ने दूरीअनुसार भाडा तय गरिएको छ ।

नयाँ भाडादरअनुसार बागमती प्रदेशमा यात्रुले हवाइजहाजमा जस्तै गाडीमा पनि सामानको समेत भाडा तिर्नुपर्ने भएको छ । यात्रुले १५ केजीसम्म सरसामान र गुन्टा निःशुल्क बोक्न पाउने र त्योभन्दा बढी १० केजीसम्म प्रतिकेजी पाँच रुपैयाँका दरले भाडा तिर्नुपर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्