Logo

सरकारसँगको सहमतिमा रुबी खानले तोडिन् अनशन, ६ सदस्यीय समिति गठन



Spread the love

२ कात्तिक, काठमाडौँ । न्यायका लागि भन्दै १२ दिनदेखि अनशनमा रहेकी रूबी खानले अनशन तोडेकी छन् ।बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि १२ दिनदेखि माइतीघरमा अनशन बसेकी महिला अधिकारकर्मी रुवी खानले सरकारले गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति बनाएसँगै अनशन तोडेकी हुन् ।

सहसचिव रेग्मीको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरीका प्रहरी उपरीक्षक रामप्रकाश साह, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक वीरेन्द्रसिंह कार्की, गृह मन्त्रालयका उपसचिव रामप्रसाद लम्साल, बाँकेका महम्मद शेर बागवान र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रतिनिधि सदस्य अधिकृत रहेका छन् ।

खानलाई मानव अधिकार आयोगकी पूर्व–सदस्य मोहना अन्सारी र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जुस खुवाएर अनशन तोडेका हुन् ।

प्रतिक्रिया दिनुहोस्