Logo

च्याम्पियन्स लिग – पीएसजीको जितमा मेस्सी नायक, लिभरपुलले हरायो एट्लेटिकोलाई



Spread the love

एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गत इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई पराजित गरेको छ । लिभरपुलले १० खेलाडीमा सीमित एट्लेटिकोलाई ३–२ ले हराएको हो ।

लिभरपुलको जितमा मोहम्मद सलाहले दुई तथा नावी केइटाले एक गोल गरे । एट्लेटिकोका लागि दुवै गोल ग्रिजमनले गरे । जितपछि समूह ‘बी’ मा अपराजित लिभरपुलको ३ खेलबाट ९ अंक भएको छ । एट्लेटिको ४ अंकका साथ दोस्रो स्थानमा छ ।

यस्तै, समूह ‘ए’ को खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले आरबी लाइपजिगमाथि ३–२ गोल अन्तरको जित निकालेको छ । पीएसजीका लागि अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सीले २ तथा किलीयन एमबाप्पेले एक गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्