Logo

सुदूरपश्चिममा बाढी पहिरो – १३ जनाको मृत्यु, २८ वेपत्ता



Spread the love
फाइल तस्बिर

३ कात्तिक, डोटी । डोटीमा बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । बोगटान फुड्सिल गाउँपालिका– ५ उपल्लागाउँमा इन्द्रबहादुर नेपालीकी श्रीमती चन्द्रा नेपाली, सायल गाउँपालिका– ५ गुरेनाडमरीका ५५ वर्षीय हिरुवा विकको पहिरोमा पुरिएरसँगै मृत्यु हुनेको संख्या १२ पुगेको हो ।

यस्तै, बाढी र पहिरोमा परेर सुदूरपश्चिममा १३ जनाको मृत्यु भएको छ भने २८ वेपत्ता भएका छन् । सुदूरपश्चिम प्रदेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दका अनुसार डोटीका १०, डडेल्धुराका दुई र बैतडीका एक जना मृतकको सनाखत भएको छ ।

यस्तै वर्षापछि घर भत्किँदा र पहिरोमा पुरिएर मंगलबारसम्म डोटीमा नौजनाको मृत्यु भएको थियो । जसमा घर भत्किँदा जोरायल गाउँपालिका– ४ सयगडामा एकैघरका चारजनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्