Logo

इटालीबाट पहिलोपटक ए डिभिजन लिग खेल्न नेपाल आइपुगे बिकास



Spread the love

३ कात्तिक, काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग खेल्न मंगलबार नेपाली मूलका इटालियन खेलाडी बिकास मेराग्लिया नेपाल आइपुगेका छन् । कात्तिक २९ गतेबाट सुरु हुने लिग खेल्न विकास नेपाल आएका हुन् । यद्दपी, उनले लिगमा कुन क्लबबाट खेल्ने हो त्यसबारे अझै निश्चित भईसकेको छैन ।

चर्चित इटालियन क्लब एटलान्टाको युथ टोली यु–१७ र यु–१९ बाट खेलेका १८ बर्षे बिकासले इटालीको यु–१६ टोलीबाट समेत खेलिसकेका छन् ।

बाल्यकाल मै इटालियन दम्पतीका साथ इटाली पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्