Logo

बाढीपहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो, ३१ जना सम्पर्कविहीन



Spread the love

३ कात्तिक, काठमाडौँ । देशभर अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या ३० पुगेको छ । आइतबारदेखि परेको पानीका कारण बुधबार बिहानसम्म ३० जनाको मृत्यु भएको हो ।

बाढी र पहिरोमा परेर २६ जना घाइते भएका छन् । ३१ जना सम्पर्क विहीन भएको गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले जानकारी दिएको छ ।

डोटी जिल्लामा सबैभन्दा धेरै ८ जनाको मृत्यु भएको पुष्टि हुदाँ बैतडीमा ३ जना, डडेलधुरामा २ जना, कालिकोटमा १ जना, धनकुटामा ६ जना र सुनसरीमा दुई जनाले ज्यान गुमाएका छन् । इलाममा २ जनाको मृत्यु भएको छ भने प्रदेश १ मा मात्रै २२ जनाको ज्यान गएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्