Logo

पकाउने भाँडामा चढेर विवाह गर्न पुगे एक बेहुलाबेहुली



Spread the love

एजेन्सी । भारतमा बाढीका कारण सडकभरि डुबान भएपनि एक बेहुलाबेहुली ठुल्ठुला पकाउने भाँडामा बसेर विवाह गर्न पुगेका छन्। उक्त जोडी कुनैपनि अवस्थामा आफ्नो सबैभन्दा ठूलो दिन स्थगित गर्न नचाहेकाले अनौठो उपाय लगाएर भएर पनि विवाहमा पुगेर समारोह पूरा गरेका हुन् ।

यसको फुटेज यतिबेला सामाजिक संजालमा भाइरल भइरहेको छ । भिडियोमा बेहुला र बेहुली भाँडामा तैरँदै विवाहको स्थलमा पुगेको देख्न सकिन्छ । यसमा पानीले डुबेको सडकको बीचौँबीच भाँडामा तैरिएर फोटोग्राफरसँग भइरहेको देखिएको छ ।

यो एक मात्र विकल्प बाँकी भएकाले उनीहरुले यस्तो उपाय अपनाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्