Logo

अब्दुल्लाह अलमुताइरी नेपाल फर्कनेमा सकारात्मक



Spread the love

काठमाडौँ । अब्दुल्लाह अलमुताइरी राष्ट्रिय फुटबल टिमको प्रशिक्षकका रुपमा नेपाल फर्कन सकारात्मक देखिएका छन्। बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पासँगको छलफलपश्चात् उनी नेपाल फर्कन सकारात्मक भएका हुन्।

बुधबार कतारमा अध्यक्ष शेर्पा र अलमुताइरीबीच छलफल भएको थियो। दुई बीचमा भएको सकारात्मक छलफलपछि अध्यक्ष शेर्पाले सामाजिक सञ्जालमा अलमुताइरी र आफ्नो तस्बिर समेत सार्वजनिक गरेका छन्।

गत चैतमा नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका अब्दुल्लाहको नेतृत्वमा नेपाल हालै पहिलोपटक साफ च्याम्पिनसीपको फाइनलसम्म पुगेको थियो ।

अल्मुताइरीले गएको असोज २७ गते साफ च्याम्पियनसिपको फाइनल खेल अन्तिम भएको र आफू कहिल्यौ नेपाल नफर्किने घोषणा गरेका थिए । त्यससँगै उनी माल्दिभ्सबाट नेपाल नआएर सिधै कतार गएका थिए ।

प्रतिक्रिया दिनुहोस्