Logo

सरकारले बाढीपहिरोबाट घर भत्केकाहरूलाई ५ लाखसम्म दिने



Spread the love

३ कात्तिक, काठमाडौँ । सरकारले बाढी पहिरोबाट घर भत्केकाहरुका लागि ५ लाखसम्म दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराइने भएको हो।

यस्तै विपद् व्यवस्थापन समितिको तर्फबाट घरबारविहीन भएकाहरुलाई तत्काल ५० लाख पनि उपलब्ध गराउने निर्णय भएको छ ।

बैठकले राज्यका सबै संयन्त्र प्रयोग गरेर राहत तथा उद्धारलाई प्रभावकारी बनाउने निर्णयसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्